६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मैले हारेँ भने हारेको मान्छे प्रधानमन्त्री भइरहन मिल्दैन भन्छन् मात्र भनेको हुँः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अहिले नेपाली कांग्रेसको सभापति मात्र नभएर नेपालको प्रधानमन्त्री पनि भएकाले आफूले पार्टी सभापति हार्दा देशको प्रधानमन्त्रीले नै हारेको अर्थ लगाएर आफूलाई हटाउने खेल हुनसक्ने आशङ्का व्यक्त मात्र गरेको स्पष्ट गरेका छन्।

उनले आज बिहानको एक कार्यक्रममा आफूले जित्नैपर्ने भनेको भनी प्रचार गरिएको विषयको खण्डन गर्दै यदि आफूले सभापतिको निर्वाचन हारेमा प्रधानमन्त्रीबाट पनि हटाउने प्रयास हुनसक्ने र देशको प्रधानमन्त्रीले हार्यो भनेर नैतिकताको प्रश्न उठाउन सक्नेतर्फ आफूले जानकारी मात्र गराएको बताएका हुन्।

उनले आज नेपाली कांग्रेस बाग्मती प्रदेशद्वारा आयोजित कार्यक्रममा भने, ‘यहाँँ सभापति हार्ने जित्नेभन्दा पनि प्रधानमन्त्री हार्ने जित्ने हो भन्ने सन्दर्भमा मैले भनेको हुँ, म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु, सभापतिमा हारेँ भने प्रधानमन्त्री हार्यो भन्छन्, नैतिकताको कुरा उठाउँछन्। यो सरकार चुनावसम्म नजान पनि सक्छ। मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ र त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमतको सरकार हुन्छ भनेको हो।’

प्रकाशित: २६ मंसिर २०७८ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App