२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको १४ औँ महाविधेशन उद्घाटन शत्र सुरु

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाविधेशनको उद्घाटन शत्रको कार्यक्रम सुरु भएको छ। कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन्।

कार्यक्रममा जननेता बिपी कोइरालाल, सुर्वण शम्सेर, सन्तनेता कृष्णप्रसाद भट्टराई, शान्तिनायक एवं पूर्वप्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइराला, पूर्वसभापति सुशील कोइलाको तस्बिरमा सभापति शेरबहादुर देउवाले माल्यापर्ण गरे।  ‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो।  

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट परम्परागत झाँकीसहितको जुलुस कार्यक्रमस्थलमा पुगेको छ। उद्घाटन शत्रको आकर्षणको केन्द्रमा महिला समूहले बजाएको पञ्जेबाजा देखिएको थियो। तामाङ, शेर्पा, गुरुङ, थारु किराँत राई समुदायको सांस्कृतिक प्रदर्शन पनि अर्को आकर्षणको केन्द्र बनेको थियो।

विभिन्न समुदायले आ–आफ्ना सांस्कृतिक झाँकीसहित महाधिवेशनको उद्घाटनस्थलमा भेला भएका छन्। महाविधेशनस्थलमा जताततै कांग्रेसको चारतारे झण्डाले सजाइएको छ भने आकर्षक मञ्चसमेत बनाइएको छ। काठमाडौँ उपत्यकाका कार्यकर्ताले परम्परागत नेवारी पोशाक र धिमे बाजाका साथमा प्रदर्शन गरेका थिए।  

आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने छन्। महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी चयन गर्नेछ। यस्तै, १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ।

महाविधेशनमा सत्तारुढ गठबन्धनमा सहभागी दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम तय भएको छ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले महाधिवेशनको सफलताको शुभकामना दिने कार्यक्रम रहेको छ।

यस्तै, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले महाविधेशनलाई सफलताको शुभकामना दिने छन्। यस्तै, भारतलगायतका देशबाट आएका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रकाशित: २४ मंसिर २०७८ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App