१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

नेपाली काङ्ग्रेसको दशौं महाधिवेशनको प्रतिनिधिमा कांग्रेस नेता डा.अमरेश कुमार सिंह पराजित भएका छन्। 

सर्लाही क्षेत्र नम्बर ४ को मंगलबार सम्पन्न निर्वाचनमा सिंहको पूरा प्यानल नै पराजित भएको हाे। सिंह संघीय सांसदमा निर्वाचित क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

बिगत तीन चुनावमा लगातार निर्वाचित हुँदै आएका सिंह पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएको पनि याे पहिलो पटक हो।  

संस्थापन पक्षको खरो विरोध गर्दै आएका सिंह महाधिवेशन प्रतिनिधिमै पराजित हुँदा समर्थकहरु निराश भएका छन्।

प्रकाशित: २२ मंसिर २०७८ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App