१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुटबन्दीले पार्टी संगठन र आन्तरिक लोकतन्त्र कमजोर हुँदैछः आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले गुटगत आधारमा हुने निर्वाचनले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भएको बताएका छन्। शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै गुटबन्दीले पार्टीको आन्तरिक लोकतन्त्र र संगठन कमजोर हुँदै गएको बताएका हुन्।

१४ औं महाधिवेशनमा उपसभापतिका लागि स्पर्धा गरिरहेको बताउँदै आचार्यले हारजितको परिणामबाट आफू चिन्तित नहुने स्पष्ट पारे। उनले गुटगत रुपमा भन्दा पनि पार्टीका नेता कार्यकर्ता माझ आफूलाई परीक्षण गर्न उपसभापतिमा उमेदवारी दिने निर्णय गरेको बताए। उनले भने, ‘निर्वाचित गराउने नगराउने उहाँहरूकै जिम्मामा छाडेको छु।’

पार्टीभित्र बैचारिक शून्यता, पारदर्शी स्वस्थ्य बहसको अवस्था कम हुँदै गएको र यसबाट जन्मिने विकृति र संकटलाई निरुपण गर्न सके उम्मेदवारीको औचित्य पूरा हुने उनले बताए। गुटबन्दीमा फसेपछि स्वतन्त्र चिन्तन आत्माको कुरा भन्न नसकिने र गुटको भाषा बोल्नुपर्ने भएकाले आफूलाई त्यो दासता स्वीकार्य नभएको उनले स्पष्ट पारे।

पार्टीको विधानले एक व्यक्तिलाई दुई कार्यकाल पदमा बस्ने सुविधा दिएको तर, दोहोर्‍याएर पदमा बस्ने सुविधाको प्रयोगले पदको दूरुपयोग बढेको उनले बताए। बढ्दो गुटबन्दीसँगै आफ्नो सुविधामा क्रियाशील सदस्यता वितरण गर्ने प्रवृत्तीले पार्टीलाई थप क्षयीकरण गुटबन्दीतर्फ कठोर बनाउँदै लगेको उनको टिप्पणी छ।

पार्टीभित्र सहभागितामुलक छलफलको अभ्यास हुन छाडेकोमा चिन्ता व्यक्त गर्दै आचार्यले पार्टीमा वैधानिक अधिकार प्राप्त निकायको छलफलभन्दा सीमित व्यक्तिवादी छलफलबाट निर्णय गर्ने प्रवृत्ती हावी भएको बताए।

प्रकाशित: १८ मंसिर २०७८ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App