३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस महाअधिवेशन प्रतिनिधिः मुख्य हस्तीहरु नै पराजित

महाअधिवेशन प्रतिनिधिमा पराजित बनेका सभापति जयचन्द्रप्रसाद चौरसिया, पूर्व सभापति लालबाबु सिँह, पूर्व सचेतक शोभाकर पराजुली।

नेपाली कांग्रेसको जारी १४ औ महाधिवेशनमा नेपाली कांग्रेस बाराका पार्टी सभापति, पूर्व सभापति, पूर्व सचेतकदेखि मुख्य हस्तीहरु नै महाअधिवेशन प्रतिनिधिमै पराजित बनेका छन्।

नेपाली काँग्रेस बाराका सभापति जयचन्द्रप्रसाद चौरसिया, संविधान सभा सदस्य तथा पूर्व सभापति लालबाबु सिँह, पूर्व सचेतक शोभाकर पराजुली, संविधान सभा सदस्य रामअयोध्या यादव लगायत मुख्य हस्तीहरु नै पराजित भएका हुन्।

देउवा प्यानलबाट निर्वाचन क्षेत्र नम्बर ३ मा खुल्ला तर्फको क्रम संख्या १ मा मतपत्रमा नाम राखेर चुनाव लडेका पार्टी सभापति जयचन्द्र प्रसाद २६७ मत ल्याएर पराजित बनेका हुन्। निर्वाचन क्षेत्र नम्बर ३ मा ५९८ मत खसेको थियो।

निर्वाचन क्षेत्र नम्बर ४ बाट महाअधिवेशन प्रतिनिधिमा पौडेल समूहबाट चुनावमा उत्रेका संविधान सभा सदस्य तथा पूर्व सभापति लालबाबु सिँह २०५ मत ल्याएर पराजित बनेका छन्। स्वतन्त्र उम्मेदवार बनेका पूर्व सचेतक शोभाकर पराजुली ७२ मत ल्याएर पराजित बनेका छन्।

निर्वाचन क्षेत्र नम्बर ४ मा ५०३ मत खसेको थियो।

प्रकाशित: १८ मंसिर २०७८ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App