६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेस गण्डकी प्रदेश अधिवेशनः भूगोलअन्तर्गत मनाङ र मुस्ताङसहित ७ निर्विरोध

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिको लागि मतदान भइरहेको छ। कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेलका उम्मेदवार शुक्रराज शर्मा र संस्थापन पक्षका अर्जुन जोशी सभापतिको दौडमा छन्। प्रदेश कार्यसमितिमा भूगोल अन्तर्गत मनाङबाट पुरुषतर्फ विनोद गुरुङ र महिलातर्फ चिउडे लामा निर्विरोध भइसकेका छन्। विधान अनुसार प्रदेश कार्यसमितिमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाबाट दुई सदस्य रहने व्यवस्था छ।

सोही विधान अनुसार मनाङबाट गुरुङ र लामा निर्विरोध भएका हुन्। त्यसैगरी मुस्ताङबाट भुगोलअन्तर्गत पुष्पा भट्टचन र सुवर्णकुमार विष्ट निर्विरोध भएका हुन्। तनहुँबाट मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य चयन भएका छन्। भूगोल तर्फबाट उम्मेदवारी दिएकी पर्वतबाट मिनाकुमारी केसी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।

शर्माको प्यानलमा हरिप्रसाद श्रेष्ठ(बाग्लुङ–उपसभापति), कल्पना तिवारी (स्याङजा–उपसभापति), विष्णुप्रसाद लामिछाने (नवलपुर– महामन्त्री), किरण श्रेष्ठ(गोरखा–महामन्त्री), रामचन्द्र जोशी(पर्वत–सहमहामन्त्री), कोपिला रानाभाट(कास्की–सहमहामन्त्री) र रमेशकुमार पाण्डे(लमजुङ–सहमहामन्त्री) मा उम्मेदवार रहेका छन्।

त्यस्तै जोशीको प्यानलमा मेखलाल श्रेष्ठ(स्याङजा–उपसभापति), नेत्रबहादुर महत(म्याग्दी–उपसभापति) रहेका छन्। ईश्वर पाण्डे(गोरखा–महामन्त्री), कुमार खड्का(कास्की–महामन्त्री), ओमकला गौतम(नवलपुर–सह महामन्त्री), झुलबहादुर आले(तनहुँ–सह महामन्त्री) र राजनराज पन्त(गोरखा–सह महामन्त्री)को उम्मेदवारी रहेको छ।

प्रदेश काँग्रेस निर्वाचनमा जोशीको प्यानलमा गण्डकी प्रदेश सरकारका दुई मन्त्री छन्। मेखलाल श्रेष्ठ र कुमार खड्का प्रदेश सरकारका वर्तमान मन्त्री समेत हुन्।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मतदान जारी छ। दिँउसो १ बजेको समयसम्म ६ सय मत खसेको छ। ११ सय प्रदेश प्रतिनिधि मतदानमा सहभागी हुने छन्। दिउँसो ३ बजेससम्म मतदानको समय तोकिएको छ।

प्रकाशित: १८ मंसिर २०७८ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App