२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विवेकशील साझाको पार्टी एकीकरण घोषणा पार्टी संयोजकबाटै बहिष्कार

विवेकशील साझा पार्टीले गर्न लागेको आम सभा र पार्टी एकीकरण घोषणा सभालाई पार्टी संयोजक लगायतले बहिष्कार गर्ने भएका छन्।

पार्टीका संयोजक मिलन पाण्डे, संसदीय दलका नेता रमेश पौड्याल, शीर्ष नेता केशव दाहाल, बागमती प्रदेश संयोजक र चर्चित नेत्री रन्जु दर्शना, युवा सङ्गठनका महासचिव सरोज गौतम र सचिवहरू लगायत धेरै नेताहरूले बहिस्कार गर्ने भएका हुन्।

आज एकीकरण गर्ने दुई अपरिचित समूह पनि व्यवस्था विरोधी भएको र र राजसंस्था, हिन्दूराज्य र संभीयता खारेजीको मुद्दाको वकालतकर्ता रहोले सो कार्यक्रम बहिष्कार गर्ने पार्टी संयोजक मिलन पाण्डले बताएका छन्।

पार्टीमा रवीन्द्र मिश्रले सङ्घीयता खारेजी, धर्मको नाममा राजनीति गर्ने एजेन्डा र गणतन्त्र विरोधी प्रस्ताव ल्याएपछि पार्टीमा विवाद आएको हो। यही विवादको बिचमा प्रदेश २ का संयोजक अनिमेश कुमार, गण्डकी प्रदेशका संयोजक सहित १२ जना नेताहरू, अन्तर्राष्ट्रिय समितिका पूर्व संयोजक र सचिवालय सदस्य डा राजेन्द्र पंगेनी, अन्तर्राष्ट्रिय समितिका प्रवक्ता विष्णु जोशी, केन्द्रीय सदस्यहरू दिब्येश गिरी, प्रकाश आचार्य, दीपक पौड्याल, प्रतिभा डंगोल, दीपा अर्याल र सरला लामिछानेले लगायत केन्द्रीय नेताहरूले रवीन्द्र मिश्रले अघि सारेको विचारको विरोध गर्दै राजीनामा दिएका छन्।

पार्टी संयोजक मिलन पाण्डे, संसदीय दलका नेता रमेश पौड्याल, शीर्ष नेता केशव दाहाल, बागमती प्रदेश संयोजक तथा चर्चित नेतृ रन्जु दर्शना, संस्थापक नेता पुकार बम, अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्ट, सचिवालय सदस्य तथा अर्थविद् आशुतोष तिवारी, युवा सङ्गठनका महासचिव सरोज गौतम लगायत अधिकांश संस्थापक नेताहरूले रवीन्द्र मिश्रले लिएको मार्ग परिवर्तन विचारमा विमति राखेर पार्टी फुटको संघारमा छ।

प्रकाशित: १८ मंसिर २०७८ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App