२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस प्रदेश अधिवेशनः बलायर र मिश्रबीच प्रतिस्पर्धा

मत माग्दै नारायणदत्त मिश्र र वीरबहादुर बलायर।

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्व मन्त्री वीरबहादुर बलायर र कैलालीका पूर्व जिल्ला विकास समितिका सभापति नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुने भएको छ। शनिबार हुने निर्वाचनका लागि संस्थापन पक्ष (देउवा)का तर्फबाट बलायर र पौडेल/कोइराला पक्षका तर्फबाट मिश्रले उम्मेदवारी दर्ता गरेका हुन्।

यस्तै उपसभापतिको दुई पदका लागि ७ जनाले मनोनयन दर्ता गरेका छन्। उपसभापतिमा रघुवर भट्ट, हिमबहादुर रावल, मनबहादुर रावल, लोकराज अवस्थी, गोपालसिंह गुरुङ, जनकराज चौधरी र पृथ्वीबहादुर सिंहले मनोनयन दर्ता गरेका छन्। महामन्त्रीको दुई पदका लागि नरनारायण शाह (मनु), प्रताव गुर्धामी, रामबहादुर शाही, र मेघराज खड्काले मनोनयन दर्ता गराएका छन्।

सहमहामन्त्रीको एक महिलासहित ३ जनाको सिटमा लक्ष्मणबहादुर शाही, डम्मरी महरा, गोपालदत्त भट्ट, हर्कबहादुर स्वाँर, चिन्तामणि भट्ट, अम्बिका चलाउने, पदमराज पन्त, नरेन्द्रप्रसाद भट्ट, खिमा भण्डारी र अम्बी कुमारी थापाले मनोनयन दर्ता गरेका छन्।

प्रकाशित: १७ मंसिर २०७८ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App