२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले लोकतन्त्रको आधार भत्कायोः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन्। उनले सत्तारुढ पाँच दलीय गठबन्धन सरकारले लोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहीनताको अवस्थामा पुर्‍याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पारे।

अध्यक्ष ओलीले सत्तारुढ केही दलको काम बिगार्ने र भत्काउनेबाहेक अरु केही नभएको दावी समेत गरे। अध्यक्ष ओलीले आफ्नो पार्टीको दशौं महाधिवेशन अत्यन्तै सफलताका साथ सम्पन्न भएको दावी समेत गरे।

प्रकाशित: १७ मंसिर २०७८ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App