१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कामः बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कामको निरन्तरता भएको बताएका छन्। भक्तपुर नपा वडा नं. ७ हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटनको क्रममा सो कुरा बताए।

भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत विकास निर्माणका सम्पूर्ण गतिविधि सफलतापूर्वक गरिरहेको उल्लेख गर्दै उनले उपभोक्ता समिति खारेज गर्ने निर्णय जनताको भावनाविपरीत रहेको बताए।

उनले ठेकेदारमार्फत् कमिशन खान पल्केका राजनीतिक दलका नेताहरुले ठेकेदार पोस्ने काम गरिरहेको समेत बताए। कमिशन लिएर विकास निर्माणको काम ठेकेदारलाई  दिँदा जनताले दुःख पाएको र ती काम दीगो समेत नभएको उनको भनाइ थियो।

सो क्रममा उनलेसम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको अपनत्व र समर्पण भावको प्रशंसा गरे।  कार्यक्रममा उनले छिपा ताँसँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिनुपर्नेतर्फ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको ध्यानाकर्षण गरे।

कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयम्सेवी रुपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण कार्य हुने बताए।

प्रकाशित: १६ मंसिर २०७८ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App