२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ को अधिवेशन उद्घाटन सत्र स्थगित

नेपाली कांग्रेस प्रदेश १ को पहिलो अधिवेशन उद्घाटन सत्र स्थगित भएको छ। बिहीबार दिउँसोका लागि तय गरिएको उद्घाटन सत्रको कार्यक्रम शुक्रबार विहान सम्मका लागि स्थगित गरिएको हो।

महाअधिवेशन आयोजक समिति प्रदेश १ का संयोजक कृष्णप्रसाद सिटौलाले विविध कारणले प्रदेश अधिवेशनको उद्घाटन सत्र बिहीबार गर्न नसकिएको हुँदा शुक्रबार विहान सम्मका लागि स्थगित गरिएको जानकारी दिए।

उनले भने, ‘मोरङको जिल्ला निर्वाचनको मतगणना भइरहेकोलगायतका विविध कारणले तोकिएको समयमा प्रदेशको उद्घाटन सत्र सम्पन्न नगर्न नसकिएकाले भोलि विहान सम्मका लागि उद्घाटनसत्र स्थगित गरिएको छ।’ यसअघि प्रदेश १ को अधिवेशन उद्घाटन बिहीबार २ बजेका लागि तोकिएको थियो।

सोही अनुसार प्रदेशभरका नेता कार्यकर्ता, प्रतिनिधिहरू अधिवेशन उद्घाटन स्थल विराटनगर आइपुगेका थिए। उनीहरू प्रदेश अधिवेशन उद्घाटन स्थलमा करिब साढे २ घण्टा कुरेपछि महाअधिवेशन आयोजक समिति प्रदेश १ का संयोजक कृष्णप्रसाद सिटौलाले क्षमा याचनासहित प्रदेश अधिवेशन उद्घाटन सत्र बिहीबारका लागि स्थगित गरिएको जानकारी गराए।

अधिवेशन उद्घाटनका लागि मञ्च, पण्डाल तयार पारिएको थियो। अधिवेशन प्रतिनिधिहरू, पत्रकार, पर्यवेक्षक, पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारण उद्घाटन स्थलमा बाक्लै उपस्थित थिए।  

प्रकाशित: १६ मंसिर २०७८ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App