१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा कपिलवस्तुकाे कैलाशधाममा पूजापाठ

१२७ फिट अग्लो कैलाश पर्वतसहित बिश्वनाथ ज्योतिर्लिङ बनाइने

राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित कैलाश आश्रम धाम धनधान्याचल कल्याण महायज्ञ २७ औ ज्ञान महायज्ञमा पूजापाठ गरेकी छन्। गत मंसिर १४ गतेदेखि जारी रहेको महायज्ञमा बिहीबार सरिक हुँदै राष्ट्रपति भण्डारीले कैलाश धाम एवं अष्टचिरञ्जिवी महाकुन्डको अनावरण समेत गरेकी थिइन्।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सन्त प्रतिस्ठान, बिश्रामालय, हरिद्धारमा पुगेर पूजाआजा गरेकी थिइन्। सो अवसरमा उनले संस्कृति र प्रकतिको संरक्षणका लागि स्थापना गरिएको गुरुकुल शिक्षा र ज्ञान महायज्ञ आफैमा प्रशंसनीय कार्य रहेको बताइन्। उनले गुरुकुल शिक्षालाई ठूलो शैक्षिक संस्थासंग जोडेर युग अनुसार परिस्किृत गर्दै लानु पर्ने बताइन्। उनले प्राचिन इतिहास, सांस्कृतिकरुपमा धनी रहेको देशमा राज्य पनि प्रकृति र संस्कृतिको विकासका लागि अघि बढीरहेको बताइन्।

नेपाललाई सम्वृद्ध बनाउन सीित श्रोत र साधनको उपयोग गरी नागरिकहरु समेत स्वस्थ्य हुनुपर्ने बताइन्। ‘राज्यको पहिलो धर्म नै स्वास्थ्य जीवनलाई प्रयास गर्नु हो’, उनले भनिन्। भण्डारीले अहिले नेपालसहित विश्व नै अप्ठेरोमा रहेको भन्दै कोरोना भाइरसबाट आक्रान्त भएको बेला नागरिकहरुले समेत संयमता अपनाउनु पर्ने जिकिर गरिन्।

उनले कोरोको ओमिक्रोन जस्ता नयाँ नयाँ भरिएन्ट फैलिरहेकाेले सरकारले जारी गरेको स्वस्थ्य मापदण्डलाई कडाईकासाथ पालना गर्न अपिल पनि गरिन्। उनले चुरे क्षेत्रको किनारमा कार्यक्रम गरिएकोमा आफू हर्षित भएको भन्दै चुरे क्षेत्र नेपालीको जीवनरेखा भएकोले यसको संरक्षण गर्नुपर्ने बताइन्।

उनले विकासको गतिलाई रोक्न नहुने भन्दै प्रकृतिलाई  बिगारेर नभइ सिंगार गर्न पर्ने बताइन्। सो अवसरमा पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष बिष्णु पौडेलले कैशाल आश्रमको विकासका लागि आफूले सक्दो पहल गर्ने बताए। लुम्बिनी प्रदेश सदस्य बिष्णु पन्थीले नेपाल मै गरिएको यो नमूना कार्यको अभियानलाई सफल बनाउन अपिल समेत गरे।

सो अवसरमा राष्ट्रपतिलाई आयोजकको तर्फबाट मायाको चिनो र प्रशंसा पत्र समेत प्रदान गरिएको थियो। आश्रम क्षेत्रमा १ सय २७ फिट अग्लो कैलाश पर्वसहित बिश्वनाथ ज्योतिर्लिङग बनाउने गरी काम अघि बढाइएको आश्रमका सचिव अमित पौडेलले बताए।

१० करोड रूपैयाँको लगानीमा आश्रमकाे निर्माणकाे काम अघि बढाइएको उनले बताए। मंसिर २२ गतेसम्म चल्ने महायज्ञमा शिरोमणी लोकानन्द र आचार्य सत्यराज अवस्थीले कथा बाचन र पूजापाठ गरेका छन्।

कार्यक्रमा गुरुकुलमा अध्ययनरत २७ जना बटुकहरुले स्वस्ति बाचन समेत गरेका थिए।

प्रकाशित: १६ मंसिर २०७८ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App