३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपाको एकता महाधिवेशन सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ। बुधबार प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो।

उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य पार्टीका नेताहरू पनि आउने राप्रपाले जनाएको छ। महाधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङले जानकारी दिए।

देशभरिका झन्डै पाँच हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यनीति पारित गर्नेछपार्टी स्थापनापछि पटकपटक विभाजन र एकीकरण हुँदै आएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्ष,एक महिलासहित चार उपाध्यक्ष,एक महिलासहित तीन महामन्त्री गरी १ सय ४९ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन्।

केही पदाधिकारीसहित केन्द्रीय समितिमा ५० जना अध्यक्षले मनोनीत गर्ने व्यवस्था विधानमा रहेको जानकारी वरिष्ठ नेता तामाङले दिए। निर्वाचित र मनोनीत गरी केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ।

राप्रपाको नयाँ अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान अध्यक्ष थापालाई तामाङसहितका नेताले समर्थन गरेका छन्।लिङदेनको पक्षमा प्रकाशचन्द्र लोहनीलगायत देखिएका छन्।

प्रकाशित: १५ मंसिर २०७८ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App