१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेताको झैं व्यवहार गर्न अध्यक्ष ओलीको केन्द्रीय पदाधिकारीहरुलाई निर्देशन

एकीकरणको अभियान संचालन गर्ने घोषणा

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएका छन्।

अध्यक्ष ओलीले अबको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गरे। चितवनको सौराहामा जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समापन गर्दै उनले पार्टीमा अनुशासन उल्लंघन सैह्य नहुने भन्दै त्यसै अनुसार काम गर्न पार्टीका अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए।

अध्यक्ष ओलीले भने, ‘अब तीन महिनासम्म पार्टीले एकीकरणको अभियान संचालन गर्नेछ। त्यो अभियान पार्टीका कार्यकर्ताहरुबीच हुनेछ। अरु पार्टीका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउन सो अभियान संचालन हुनेछ।’

अध्यक्ष ओलीले यही मंसीर २५ र २६ गते केन्द्रीय कमिटीको बैठक बोलाउने र पार्टी पोलिटव्यूरो तथा स्थायी कमिटी गठन गर्ने जानकारी पनि गराए।

प्रकाशित: १४ मंसिर २०७८ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App