४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

विद्यार्थी संघका सभापति केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगाना नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन्। ढुंगानाले मंगलबार आफ्नै गृह नगर इटहरीमा आयोजित एक कार्यक्रममा १४ औं महाधिवेसनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

उनले आफू केन्द्रीय सदस्यमा गएपछि पार्टीलाई युवामैत्री बनाउने वचनबद्धता व्यक्त गरे। ‘पार्टीमा पछिल्लो समय युवाको आकर्षण बढेपनि उचित स्थान नपाएकोमा उनीहरुको क्षमता र योग्यता अनुसार जिम्मेवारी दिनका लागि भूमिका खेल्नेछु,’ उनले भने, ‘केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि संगठनलाई बलियो बनाउन अहोरात्र लाग्नेछु।’

ढुंंगानाले युवाहरुको सक्रियताले काँग्रेससँगै देशलाई पनि फाइदा पुग्ने हुँदा पार्टीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। ‘युवा जोस र जागरले गर्दा व्यस्क व्यक्तिभन्दा सहजै काम गर्न सक्छन,’ उनले भने। उनले युवालाई अनुशासित बनाएर अघि बढाउन पनि आफ्नो भूमिका हुने बताए।

नेता ढुंगनाले काँग्रेसका हरेक कार्यकर्तालाई प्रशिक्षणको आवश्यकता रहेकाले गर्दा त्यस कार्य पूरा गर्न पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको बताए। राष्ट्रियताको सवाल र जीवननिर्वाह गर्ने उपायका बारेमा पनि कार्यकर्तालाई प्रशिक्षण आवश्यक रहेकाले ती कार्य पनि केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि पूरा गर्ने वचनबद्धता व्यक्त गरे।

‘अब पार्टीलाई पुरानै पारा र शैलीले नभएर परिस्कृत र परिमार्जित ढंगले अघि बढाउनुपर्नेछ,’ उनले उम्मेदवारी बन्नुको कारणबारे भने, ‘त्यसैले गर्दा पार्टीका सवैको भावनाको कदर गरेर अघि बढाउन पनि मैले भूमिका खेल्नेछु।’

प्रकाशित: १४ मंसिर २०७८ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App