१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको निर्वाचन समिति संयोजकमा यादवको राजीनामा, घिमिरे मनोनित

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनित भएका छन्। समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले आफ्नो स्वास्थ्यका कारण पदबाट राजीनामा दिएपछि घिमिरेलाई आज संयोजकमा मनोनित गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए।

सभापति शेरबहादुर देउवाले संयोजक यादवले पदबाट दिएको राजीनामा पार्टीको विधान बमोजिम आजै स्वीकृत गरेका थिए। वरिष्ठ अधिवक्ता घिमिरे यसअघि समितिको वरिष्ठ सदस्य थिए। कांग्रेसले १४औँ महाधिवेशन अन्तर्गत गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको हो।

त्यसयता अधिकांश जिल्लामा पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

प्रकाशित: १२ मंसिर २०७८ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App