१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी पालिका अधिवेशन: खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व

नेकपा माओवादी केन्द्र खोटाङले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।  

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामाा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्यक्षमा रामकुमार हिङ्माङ चयन भएका छन्।

त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा राजुविक्रम चाम्लिङको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा प्रदीप माइला, प्रदीप गिरी र कन्ठ कार्की, सचिवमा प्रमिला बस्नेत, सहसचिवमा गण राई र कोषाध्यक्षमा अमिनकाजी राई चयन भएका छन्।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा किसान राई, खड्गबहादुर तामाङ र नैनकुमारी खत्री, सचिव दीपक पौडेल, सहसचिवमा नारायण राई र कोषाध्यक्षमा सुनिता राई चयन भएका छन्।  

त्यसैगरी रावाबेंसी गाउँपालिकामा रामबहादुर राई ‘बाबुराम’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा शारदा पोखरेल, भलकाजी तामाङ र लालबहादुर नेपाली, सचिव उदिम चाम्लिङ, सहसचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा सीता कटवाल भएको माओवादी केन्द्रले जनाएको छ।   

साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ‘झङ्कार’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा बृसिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नवीनकुमार राई, सहसचिवमा धनबहादुर राई र कोषाध्यक्षमा उन्नत राई चयन भएका छन्। 

खोटेहाङ गाउँपालिकामा दीपेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा धनबहादुर महाराजी, इन्द्रहाङ राई र सुशीला राई, सचिवमा वसन्त राई, सहसचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन्।  

त्यसैगरी बराहपोखरी गाउँपालिकामा युवराज मगरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा कमला राई, ताराकान्त राई र राजन राई, सचिव अर्जुन तामाङ, सहसचिव ध्रुवजीत राई र कोषाध्यक्ष गणेश परियार चयन भएका छन्।  

ऐँसेलुखर्क गाउँपालिकामा अगमसिं राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा उर्मिला लम्साल, बलबहादुर राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सहसचिवमा रमेश राई र कोषाध्यक्षमा चमेली विश्वकर्मा चयन भएका छन्।  

त्यस्तै खोटाङको केपिलासगढी गाउँपालिकामा रुद्रकुमार राईको अध्यक्षतामा ५५ सदस्यीय समिति चयन भएको छ। समितिको उपाध्यक्षमा रामकाजी राई, कुमार परिवार र विष्णु राई, सचिवमा समिप साम्पाङ, सहसचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई चयन भएको माओवादी केन्द्रले जनाएको छ।  

त्यस्तै जन्तेढुङ्गा गाउँपालिकामा बद्री राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा खड्गबहादुर राई र देवीमाया राई, सचिव नइन्द्र राई र सहसचिवमा नेत्र श्रेष्ठ चयन भएको र एक उपाध्यक्ष र कोषाध्यक्ष समितिको पहिलो बैठकले चयन गर्ने जनाइएको छ।  

अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यलाई अधिवेशनमा खटिएका नेताले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। अधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेको जिल्ला संयोजक देवान किराँतीले जानकारी दिए।  

दश स्थानीय तहको ७९ वटा वडा रहेको खोटाङ जिल्लामा माओवादी केन्द्रका पाँच हजार ९९५ जना सङ्गठित सदस्य र साढे पाँच हजारभन्दा बढी साधारण सदस्य रहेका छन्। जिल्लामा वडा तथा गाउँ÷नगर अधिवेशनलगत्तै सदस्यता वितरणको कामलाई तीव्रता दिइने माओवादी केन्द्र खोटाङले जनाएको छ।रासस  

प्रकाशित: १२ मंसिर २०७८ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App