१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले महासधिवेशनः ताप्लेजुङका नेताहरु उम्मेदवारी घोषणा गर्न चितवन पुग्दै

अधिकांसको उम्मेदवारी केन्द्रीय सदस्यमा

नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर चितवन पुगेका ताप्लेजुङका एमाले नेताहरुले धमाधम केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। अहिले सम्म २ केन्द्रीय सदस्यसहित ७ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् भने केन्द्रीय सदस्य पासाङ शेर्पाले मात्र अहिले सम्म मुख खोलेका छैनन्।

यद्यपी उनी पनि केन्द्रीय सदस्य हुँदै त्यो भन्दा माथिल्लो तहमा फड्को मार्ने योजनामा रहेको बताइन्छ। एमाले केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो र टंक आङ्बुहाङले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनीहरुको दाउ पनि शेर्पाको झैं केन्द्रीय सदस्य हुँदै माथिल्लो तहमा पुग्ने नै छ। विधानतःकेन्द्रीय सदस्य स्वतःमहाधिवेशन प्रतिनिधि हुनेछन्।

अधिवेशन प्रतिनिधि चयन भएर चितवन पुगेका मध्ये बलबहादुर साम्सोहाङ, डम्बरध्वोज तुम्बाहाम्फे, ओङ्दी शेर्पा, होमकुमारी साँवा र उर्मिला थेबेले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरिसकेका छन्। यि मध्ये साँवा केन्द्रीय कमिटीबाट मनोनित महाधिवेशन प्रतिनिधि हुन् भने अरु सबै ताप्लेजुङबाट निर्वाचित भएर प्रतिनिधि चयन भएका हुन्।

ताप्लेजुङ घर भएका जनवर्गीय संगठनबाट प्रतिनिधि भएका शिवकुमार गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। चीनका लागि पूर्व नेपाली राजदूत तथा एमाले केन्द्रीय सदस्य टंक कार्कीले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्।

उता ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार ईले सचिवमा, एमाले प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले उपाध्यक्ष र एमाले ताप्लेजुङका तत्कालीन इञ्चार्ज तथा केन्द्रीय सदस्य भाष्कर काफ्लेले केन्द्रीय सदस्य उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रकाशित: १२ मंसिर २०७८ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App