१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम कांग्रेस सभापतिमा संस्थापनका डम्बर खड्का विजयी

इलाम कांग्रेसको सभापतिमा संस्थापन पक्षका डम्बरबहादुर खड्का विजयी भएका छन्। उनले संस्थापनइतरका भेषराज आचार्यलाई १ सय ६० मतान्तरले पराजित गरे।

केहीबेरअघि सकिएको मतगणनाअनुसार खड्काले ९ सय ३५ मत र आचार्यले ७ सय ७५ मत ल्याएको जिल्ला निर्वाचन समितिले जनाएको छ। खड्कालाई संस्थापनइतरका निवर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य समूहको समेत समर्थन थियो। संस्थापनकै रहे पनि खड्काका ‘प्रतिस्पर्धी’ मानिने पूर्वसभापति केशव थापा समूहले पनि खड्कालाई नै सघाएको थियो।

उपसभापतिमा भने दुवै जना संस्थापन इतरका उम्मेदवार विजयी भएका छन्। उपसभापतिमा खगेन्द्र देवान (८७४) र विष्णुकुमारी दाहाल लिम्बू (७७८) विजयी भए। केदार थापा (७४७) र होम दुलाल (६९९) उपसभापतिमा पराजित भए।

सचिवमा पनि दुवै संस्थापनइतर उम्मेदवार निर्वाचित भएका छन्। सचिवद्वयमा पूर्णप्रसाद गौतम (८१९) र निरोज खड्गी (७९३) विजयी भए। विष्णु (हेमकुमार) कार्की (७२२) र हुकुमलाल थेबे (७१५) सचिवमा पराजित भए। सहसचिवमा डालाकुमारी कार्की (८६५) र देवेन्द्र सुवेदी (७८१) विजयी भए। चक्र (अभिषेक) एक्तेन (६५६) र प्रविना राई (६३४) पराजित भए। २२ जिल्ला सदस्य संस्थापन र इतर प्यालनबाट मिश्रित रूपमा निर्वाचित भएका छन्।

जिल्लाभर कूल १ हजार ७ सय ९५ मतदाता रहेकामा १ हजार ७ सय ३२ मत खसेको थियो। त्यसमध्ये १ हजार ७ सय २६ मत सदर भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७८ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App