२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस जिल्ला सभापतिमा आचार्य र खाँ भिड्दै

कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा राजेश आचार्य र अब्दुल कलाम खाँले उम्मेदवारी दिएका छन्। आचार्य संस्थापन पक्ष र खाँ पौडेल पक्षको तर्फबाट उम्मेदवार भएका  हुन्।

दुबैले शनिबार दिउसो मनोनयन पत्र दर्ता गरे। यसअघि पौडेल पक्षका सुधाकर पाण्डेयपछि हट्दै आचार्यलाई सभापतिमा समर्थन गरे। आचार्य र कमालले आ– आफ्नो प्यानल खडा गरेर चुनावमा होमिए। आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय, दीप कुमार उपाध्यायसहित सुधाकर पाण्डेयले साथ दिएका छन्। उता खाँलाई वर्तमान पार्टी सभापति सुरेन्द्र आचार्य, पार्टी केन्द्रीय सदस्य अतहर कमाल मुसलमान, बैकल्पिक केन्द्रीय सदस्य राजेश सिंहको साथ छ।

आचार्यको प्यानलमा उपसभापतिमा राम आशिष पाण्डेय, पदम खनाल, सचिवहरुमा सर्जु थारु र माधव पराजुली र सह सचिवमा मोहम्मद वजी अर्सद र राम चरित्र मौर्य रहेका छन्। यस्तै खाँको प्यानलमा उपसभापतिमा हुुमकान्त खनाल र रजत आचार्य, सविचमा शक्ति सिंह ठकुरी र प्रेम रायमाझी तथा सह सचिवमा बिन बहादुर बन्जाडे र बिरेन्द्र श्क्ला रहेका छन्। ५२ सदस्यीय कार्य समितिको लागि आइतबार तौलिहवास्थित बुद्धपद माविको खेल मैदानमा मतदान हुने केन्द्रीय प्रतिनिधि घनश्याम पन्तले बताए। जिल्लामा कुल १ हजार ८१६ मतदाता छन्।

आचार्य र खाँबीच कडा प्रतिस्पर्धा

जिल्ला सभापतिका उम्मेदवार आचार्य र खाँबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। आचार्यलाई अन्तिम समयमा नेता सुधाकर पाण्डेयले समर्थन गरेपछि चुनाव रोचक बनेको कांग्रेस नेताहरु बताउँछन्।

नेता आचार्यले आफूले चुनाव जित्ने दाबी गरेका छन्। उनले क्षेत्र नम्बर १ र ३ मा आफनो पक्षको क्षेत्रीय अध्यक्षले जितेको र पुराना कांग्रेस नेताहरुको साथ रहेकोले आफूले चुनाव जित्ने बताए। उता अर्का अध्यक्षका प्रत्यासी खाँले ३ वटै क्षेत्रमा आफुलाई मतदाताहरुको अपार साथ रहेकोले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउँछन्।

क्षेत्र नम्बर २ मा पौडेल पक्षका नेता केशवकुमार श्रेष्ठले संस्थापन पक्षका क्षेत्रीय सभापति बिरेन्द्र मिश्रालाई १ सय ८२ मतको फराकिलो अन्तरले हराएपछि खाँ उत्साही भएका छन्।

प्रकाशित: ११ मंसिर २०७८ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App