१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज(मंसिर१०) हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।

जिल्ला अधिवेशन रोकिनुको मुख्य कारण भने आउँदो १६ गते हुन गइरहेको सुदूरपश्चिम प्रदेशको महाधिवेशन कैलालीमा हुने भएकाले त्यसैलाई लक्षित गर्दै स्थगीत गर्नुपरेको नेपाली कांग्रेस जिल्ला सदस्य तथा अधिवेशन प्रचारप्रसार विभाग प्रमुख नृप सुनारले जनाए।

‘अध्यक्षका आकांक्षी धेरै छन्। पहिलो चरणमा निर्वाचित हुने छाँट नदेखिएको र दोस्रो चरणमा मतदान गर्दा त्यसले प्रदेश स्तरीय अधिवेशन तयारीमा असर पर्ने देखिएकाले स्थगित गर्नुपरेको छ,’सुनारले भने,’त्यसैले अहिले ९ बजे बैठक बोलाएका छौ, त्यही घोषणा गर्छौ।’

अहिलेको मौजुदा जिल्ला कार्य समितिले नै सुदूर पश्चिम प्रदेशको अधिवेशन आयोजना गर्ने महत्त्वपूर्ण जिम्मेवारी समेत पाएको हुँदा पहिले प्रदेशको अधिवेशन सक्ने आन्तरिक तयारी भैइरहेको बताइए पनि आन्तरिक कारण भने अर्कै रहेको एक नेताले बताए।

जिल्ला अधिवेशन कैलालीमा सार्नुको पछाडि पार्टीभित्रको आन्तरिक राजनीतिक चलखेल र आफ्ना निकट व्यक्तिलाई पार्टी सभापति ल्याउने कसरतका कारण रहेको एक नेताले बताए।

नाम नबताउने सर्तमा एक नेताले भने,‘यहाँ अध्यक्षका सबै आकांक्षी भनेकै देउवा गुटका छन्। देउवा गुटका प्रकाश बमलाई सभापतिमा जिताउन नसक्ने र देउवाले दिएको अर्को सभापतिका छक्यान्डिडेट’ नारायण भट्टलाई यहाँका ’लिडर’ हरूले मन नपराउनुले पनि अधिवेशन स्थगित गर्न खोजेका हुन्।’

प्रकाशित: १० मंसिर २०७८ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App