१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर विजयी, ४ मा संस्थापन पक्षीय विजयी

नेपाली काँग्रेसको १४औं महाधिवेसन अन्तर्गत क्षेत्रीय निर्वाचनमा सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला) पक्षीय विजयी भएको छ। क्षेत्र नं.४ मा भने संस्थापन पक्षीय विजयी भएको छ।  

क्षेत्र नं. २ मा संस्थापन इतरका लीलामणी सुवेदी ४८८ मत ल्याएर निर्वाचित भएका हुन्। सभापतिका प्रत्याशी संस्थापन पक्षीय मणिराम श्रेष्ठले ३६२ मत प्राप्त गरे। मंगलबार जिल्ला पार्टी कार्यालय इनरुवामा भएको निर्वाचनको मतपरिणाम बुधबार राति मात्रै आएको हो।

यस्तै, सचिवमा मनोज कुमार चौधरी र कृष्णदेव मेहता निर्वाचित भएका छन्। चौधरी संस्थापन इतर समूहका हुन् भने मेहता संस्थापन पक्षका हुन्।  यस्तै, सहसचिवमा खेमराज पोखरेल (नवीन) र शत्रुधन शाह निर्वाचित भएका छन्। दुवै जना संस्थापन इतर समूहका हुन्।

महाधिवेसन प्रतिनिधीमा संस्थापन इतरका नेपाली काँग्रेस सुनसरीका सभापति एवम् काँग्रेस संसदीय दल प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइराला, जिल्ला सचिव केदार भण्डारी, प्रदेश सांसद नवोदिता चौधरी, प्रदेश सांसद ज्योती सुब्बासहित रमेश पोखरेल, सिजन गुरुङ्, बिमला ढकाल, कमला खतिवडा, रहफुल अनसारी, सूर्य राई, मोहन नेपाली, दिलकुमारी राई, सुशीलाकुमारी चौधरी, कुन्दन यादव, मोहन मेहता र प्रेमप्रसाद भट्राई विजयी भएका छन्।

यस्तै, संस्थापन पक्षीयबाट महाधिवेसन प्रतिनिधीमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, संघीय सांसद सीताराम मेहता, काँग्रेस सुनसरी उपसभापति सञ्जय श्रेष्ठ, उद्योग वाणिज्य संघ इटहरी अध्यक्ष भीम पौडेलसहित चन्दे्रश्वर खत्वे, लालीप्रसाद मेहता र  बद्रीनारायण चौधरी विजयी भएका छन्।

यसैगरी, क्षेत्र नं.४ मा संस्थापन पक्षका ऐयुब अन्सारी नेतृत्वको पुरै प्यानल विजयी भएको छ। कुल ६५४ मतमध्ये ४२७ मत ल्याई सभापति पदमा पुनःअन्सारी निर्वाचित भएका हुन्। सभापति पदका अर्का प्रतिद्दन्दी संस्थापन इतरका जमिल अख्तर आजादले २२० मत मात्र ल्याए। यसैगरी सचिव पदमा रोशन कुमार खड्काले ३९८ र जुगेश्वर यादवले ३८७ मत ल्याई निर्वाचित भए। त्यसैगरी सहसचिव पदमा जितेन्द्र यादवले ४१२ र सन्त कुमार राईले ३९० मत ल्याई निर्वाचित भएका छन्।

क्षेत्र नं. ४ मा महाधिवेशन प्रतिनिधीमा पनि सम्पूर्ण संस्थापन पक्षका विजयी भएका छन्। महाधिवेसन प्रतिनिधीमा मिरा कुमारी पोखरेल, सुशिला देवी खनाल पौडेल, मुना अधिकारी र राधिका कटवाल विजयी भएका छन्। यस्तै, ओम कोइराला, नन्दकुमार सिग्देल, भिम कटवाल, शत्रुघन प्रसाद यादव, प्रमोद कुमार खेरवार, रेवतीरमण दुलाल, हरिलाल मेहता, परमानन्द मेहता, सिकमलाल यादव, भिम सिंह गुरुङ्,  बाबुराम विष्ट, अनु गुरुङ्, सदानन्द मण्डल, अनिता देवी यादव, मनोज कुमार साह, सुरेन्द्र गुप्ता साहु, सरजुग सरदार, फरिदा खातुन मोना, गफार अन्सारी, अबुल हुसैन अन्सारी र इरफान मियाँ विजयी भएका छन्।

सुनसरी क्षेत्र नं. ३ मा भने नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गर्ने प्रयास गरेपनि सम्भव नभएपछि आज मात्र मतदान हुँदैछ। क्षेत्र नं. १ मा संस्थापन इतर समूहको पुरै प्यानल विजयी भएका छ भने महाधिवेसन प्रतिनिधीमा तीन जना मात्र संस्थापन पक्षीय विजयी भएका छन्। अरु सवै महाधिवेसन प्रतिनिधी संस्थापन इतर समूहका विजयी भएका छन्।

प्रकाशित: ९ मंसिर २०७८ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App