४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भक्तपुरमा पुनः मतदान गर्न कांग्रेस संस्थापन इत्तर समूहको माग

भक्तपुर क्षेत्र नं. १ मा पुनः मतदान गर्न कांग्रेस संस्थापन इत्तर समूहले माग गरेको छ। क्षेत्र नं. १ का क्षेत्रीय सभापतिका उम्मेदवार उद्धव खड्का र केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य विनोदप्रकाश कायष्ठले बुधबार संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन्।

मंगलबार भएको क्षेत्रीय समितिको निर्वाचनमा संस्थापन समूहले एक पक्षीय रुपमा मतगणना गरेको भन्दै संस्थापन इत्तर समूहले पुनः मतदान गर्न माग राखेको हो।

विज्ञप्तिमा मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुन लागेको बेलामा बागमति प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भडेलको नेतृत्वमा केही व्यक्तिहरुले होहल्ला गरी मतगणनामा अवरोध पुर्याइ होहल्ला, नाराबाजी र झडप हुने अवस्था आएको जनाएको छ। त्यसपछि इत्तर समूहले मतगणना स्थगित गरी बुधबार बिहान पुनः छलफल गरी मतगणना गर्न पटकपटक मतदान अधिकृतलाई मौखिक अनुरोध गरेको जनाएको छ।

जिल्ला निर्वाचन अधिकृत बरिष्ठ अधिबक्ता मुकुन्द शर्मा पौडेललाई दजनौं पटक सम्पर्क गर्दा सम्पर्क नभएपछि राति १० बजे आफूहरु बाहिरिएका जनाएको छ।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ कोदफा नं. २ (६) बमोजिम मतगणना गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवारहरु वा निजको बारेसको रोहवरमा गर्नुपर्छ भन्ने स्पष्ट व्यहोरा छ। यसो हुँदाहुँदै पनि इत्तर समूहको कुनै उम्मेदवार तथा वारेस नराखी एकपक्षीय ढंगबाट मतगणना गरी निर्वाचन परिणाम घोषणा गरेकोले उक्त मतगणनाको परिणाम बदर गरी पुनः मतदान गर्न इत्तर समूहले माग गरेको छ।

प्रकाशित: ८ मंसिर २०७८ १५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App