२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मोरङ क्षेत्र नम्बर ६ मा तामाङ विजयी

नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ को सभापतिमा देवराज तामाङ विजयी भएका छन्। बुधबार सार्वजनिक मत परिणाम अनुसार तामाङ क्षेत्रीय सभापतिमा विजयी भएका हुन्।

यसअघि नै मोरङको १ र ५ मा सर्वसम्मत क्षेत्रीय सभापति निर्वाचित भइसकेका छन्। क्षेत्रनम्बर १ को सभापतिमा लेटाङ नगरपालिकाका मेयर शंकर राई र क्षेत्रनम्बर ५ को सभापतिमा जिवछ मण्डल निर्वाचित भएका हुन्।

यस्तै क्षेत्र नम्बर २, ३ र ४ मा मतगणना धमाधम भइरहेको र बुधबार रातीसम्ममा सबै क्षेत्रको परिणाम सार्वजनिक हुने नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०७८ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App