१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन भोलि

कांग्रेस कपिलवस्तुको स्थगित प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन बुधबार हुने भएको छ। मंगलबारका लागि तय गरिएको निर्वाचत दुई पक्षीय विवादका कारण स्थगित गरिएको थियो।

क्षेत्र नम्बर १ को मतदानस्थल र ३ को उम्मेदवारबिरुद्ध उजुरी परेपछि विवाद भएको थियो। जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्यले ३ वटै निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ८ गते बिहान ९ बजेबाट हुने बताए। क्षेत्र नम्बर १ को मतदानस्थल कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरामा गर्ने तथा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिका दुबै उम्मेदवारको उम्मेदवारी कायम रहने गरी सहमति भएको पार्टी सभापति आचार्यले बताए।

क्षेत्र नम्बर १ को विवादको विषयमा तौलिहवामा र ३ को विषयमा गोरुसिंगेमा जिल्ला नेताहरुसँग सहमति भएको हो। १ को पचेहरा, २ को तौहिलवास्थित पार्टी कार्यालय र ३ को चन्द्रौटामा मतदान स्थल कायम गरिएको छ। कांग्रेस कपिलवस्तुको प्रतिनिधी सभा संघीय अधिवेशन विवादका कारण स्थगित गरिएको थियो। निर्वाचन क्षेत्र नम्बर १ र ३ मा दुई पक्षबीच विवाद भएपछि मंगलबारका लागि तय गरिएको जिल्लाको ३ वटै क्षेत्रमा हुने निर्वाचन सूचना निकालेर स्थगित गरिएको थियो।

जिल्लामा कुल १ हजार ८१२ मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा ५ सय ९९, २ मा ६ सय ४८ र ३ मा ५६५ मतदाता छन्। क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खा र टेक बहादुर शाही, २ मा केशव कुमार श्रेष्ठ र बिरेन्द्र मिश्रा र ३ मा हरि प्रसाद पोख्रेल र ब्रहानन्द उपाध्यायको संघीय क्षेत्रीय सभापतिमा उम्मेदवारी परेको छ। जिल्लामा सभापतिका लागि पौडल पक्षीय अब्दुल कलाम खा, देउवा पक्षीय राजेश आचार्य र पौडेल पक्षीय सुधाकर पाण्डेयले उम्मेदवारीको घोषणा गरी प्रचारप्रससारमा जुटेका छन्।

प्रकाशित: ७ मंसिर २०७८ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App