१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर

नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताएका छन्।  

मंगलबार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको समेत जिकिर गरे।

उनले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताए। उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पारे। महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनको भनाइ छ।

‘आजको सन्दर्भमा नेकपा (एमाले)लाई चारै तर्फबाट जुन ढंगले घेराबन्दी गर्ने प्रयत्न गरिदैँछ, नेकपा(एमाले)माथि षड्यन्त्र गरिदैछ। जुन प्रकारले प्रहारको निशाना बनाइँदै छ, यो कुरालाई हामीले गम्भिरतासाथ मनन गर्दै सहमती, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सिमाभित्र रहेर नै हामीले महाधिवेशन सम्पन्न गर्छौ’, उनले भने, ‘यसतर्फ हामी अत्यन्त गम्भिर हुन्छौँ। एमालेभित्र विवाद, अन्तरविरोध छैन। एमाले स्वस्थ ढंगले, मर्यादित ढंगले, सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यौँ भनेर सन्देश दिने, आम कार्यकर्ताहरुमा एकताको भावना पैदा गर्ने, आम कार्यकर्ताहरुमा उत्साह पैदा गर्ने, जनताको अपेक्षाहरुलाई पूरा गर्ने, सशक्त, एकतावद्ध पार्टी निर्माण गर्नेगरी नै हामी भुमिका खेल्छौँ।’

प्रकाशित: ७ मंसिर २०७८ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App