१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन स्थगीत

७ जना महाधिवेशन प्रतिनिधि निर्बिरोध

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा संघीय अधिवेशन बिावदका कारण स्थगीत गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ र ३ मा दुई पक्षबीच बिवाद भए पछि मंगलवारकालागि तय गरिएको जिल्लाको ३ वटै क्षेत्रमा हुने निर्वाचन सुचना निकालेर स्थगीत गरिएको हो। पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य र जिल्ला निर्वाचन अधिकृत तथा केन्द्रिय प्रतिनिधि घनश्याम पन्तद्वारा संयुक्तरुपमा हस्ताक्षरित पत्र मार्फत निर्वाचन स्थगीत गरिएको हो। पत्रमा निर्वाचनको तयारी नपुगेको र प्राबिधिक कारणले निर्वाचन स्थगीत गर्नु परेको जनाइएको छ।

सोमवार ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी परेर मंगलवारकालागि मतदानको अन्तिम तयारी समेत गरिएको हो। निर्वाचन क्षेत्र नम्बर ३ मा बर्तमान पार्टी सभापति तथा पौडेल पक्षीय संघीय क्षेत्रीय सभापतिका उम्मेदवार हरि प्रसाद पोख्रेलले देउवा पक्षीय उम्मेदवार ब्रमहनन्द उपाध्यायविरुद्ध उम्मेदवारी रद्द गर्ने बिषयमा उजुरी गरे पछि तीब्र बिवाद बढेको थियो। पोख्रेलले उपाध्यायविरुद्ध पार्टीको लेबी नतिरी उम्मेदवारी दिएकाले उम्मेदवारी रद्द गर्ने विषयमा उजुरी हालेका थिए। सो उजुरी पछि देउवा पक्षीय नेताहरु अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया सहीतका नेताहरु चन्दौटा स्थित मनोनय पत्र दर्ता गर्ने स्थानमा पुगेका थिए।

सो लगत्तै बिवाद बढेपछि निर्वाचन अधिकृतहरुले त्यस बारे पार्टी सभापति आचार्य र केन्द्रीय प्रतिनिधि पन्तलाई जानकारी गराएका थिए। उता देउवा पक्षीय नेताहरुले पोख्रेलले पनि आम निर्वाचनमा पार्टी विरुद्ध बागी उम्मेदवार दिएको भन्दै उजुरी दिएका छन्। नेता उपाध्ययाले आफूले १५ दिनअघि नै कोषाध्यक्ष शोहरत तेलीलाई लेबि तिरेको दाबी गरेका छन्। उता निर्वाचन क्षेत्र नम्बर १ मा मतदान स्थल बारे देउवा पक्षीय नेता र पौडेल पक्षीय नेताहरुबीच बिवाद बढेको छ। उम्मेदवारी दर्ता भएकै स्थल पकडीमा मतदान स्थल राख्नु पर्ने देउवा पक्षीय नेताहरुको माग छ। निर्वाचन स्थल पचेहरामा कायम गरिए पछि दुई पक्षीय नेताहरुबीच तीब्र बिवाद बढेको छ।

पार्टी सभापति आचार्यले निर्वाचन क्षेत्र नम्बर ३ मा पोख्रेल र उपाध्ययाविरुद्ध उजुरी परेको र निर्वाचन क्षेत्र नम्बर १ मा मतदान स्थल बारे बिवाद भए पछि निर्वाचन स्थगित गर्नु परेको बताए। ‘ क्षेत्र नम्बर ३ र १ मा बिवाद भए पछि निर्वाचन शान्तिपूर्वक हुन सक्ने देखिएन, त्यसैले अहिलेलाई स्थगीत गरिएको हो।  उनले भने स्थगीत निर्वाचनको नयाँ मिति र स्थल तोक्ने विषयमा जिल्लाका शीर्ष नेताहरुबीच  छलफल भईरहेको पार्टी सभापति आचार्यले बताए। सहमति पछि नयाँ तालिका सार्बजनिक गर्ने उनले बताए। उता एक्कासी मंगलार बिहान निर्वाचन स्थगीत हुँदा निर्वाचनको अन्तिम तयारी गरेको उम्मेदवार मतदाताहरु आक्रोसित बनेका छन्।

सोमवार जिल्लाको ३ निर्वाचन क्षेत्रबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा गुणलक्ष्मी शर्मा र कृष्ण न्यौपाने क्षेत्र नम्बर २ मा अल्प संख्यकतर्फ रबि ठाकुर र थारुतर्फ जवाहर थारु तथा निर्वाचन क्षेत्र नम्बर ३ मा दलिततर्फ जय करन पासी, खस आर्यतर्फ कमल बहादुर क्षेत्री, दलिततर्फ उमा बिक निर्वारोध निर्वाचित भएका छन्। जिल्लामा कुल १ हजार ८१२ मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा ५ सय ९९, २ मा ६ सय ४८ र ३ मा ५६५ मतदाता छन्। 

क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खा र टेक बहादुर शाही, २ मा केशव कुमार श्रेष्ठ र बिरेन्द्र मिश्रा र ३ मा हरि प्रसाद पोख्रेल र ब्रहानन्द उपाध्यायको संघीय क्षेत्रीय सभापतिमा उम्मेदवारी परेको छ। जिल्लामा सभापतिकालागि पौडल पक्षीय अब्दुल कलाम खा, देउवा पक्षीय राजेश आचार्य र पौडेल पक्षीय सुधाकर पाण्डेयले उम्मेदवारीको घोषणा गरी प्रचारप्रससारमा जुटेका छन्।

प्रकाशित: ७ मंसिर २०७८ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App