coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भरसक सर्वसहमत गरौं, नत्र स्वच्छ प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक निर्वाचनमा सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्न र त्यसो हुन नसके स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्। नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत प्रदेशसभा निर्वाचन चलिरहँदा र अब महाधिवेसन तथा जिल्ला अधिवेसन हुन लागेको बेला पार्टी सभापति समेत रहेका देउवाले जित हारलाई एउटा स्वाभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताए।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा सकभर सर्वसहमत गरौं, यदि त्यसो हुन नसके स्वच्छ प्रतिस्पर्धा गरौं,’ प्रधानमन्त्री देउवाले सुनसरी देवानगञ्जमा आइतबार आयोजित कार्यक्रममा भने, ‘चुनावी प्रतिस्पर्धामा जाँदा हारलाई सहजै स्वीकार गर्नुपर्छ।’

उनले पराजित हुनेले कहिल्यै दुस्मनको भावना लिन नहुने सुझाए। सुनसरीमा महाधिवेसन अन्तर्गत शनिबार भएको प्रदेश सभा निर्वाचनमा देउवा पक्ष कमजोर देखिएको छ। जसले गर्दा पनि देउवाले नेतृत्व चयन गर्दा सर्वसहमत गर्न सन्देश दिएका हुन्।

यहाँ आठवटा प्रदेशसभा निर्वाचनमा देउवा पक्षीय तीनवटा क्षेत्रमा नेतृत्व विजयी भएको छ। अन्य पाँचवटामा संस्थापत इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला) पक्षीय विजयी भएको छ।

देवानगञ्ज गाउँपालिका भवनको उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले भवनसँगै वीपी कोइरालाको अर्धकदको शालिक पनि अनावरण गरे। 

प्रकाशित: ५ मंसिर २०७८ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App