६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस महाअधिवेशनः मोरङमा कोइराला खेमाको वर्चस्व

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन्।

शनिबार भएको निर्वाचनमा मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत र  आठवटामा  निर्वाचन भएको थियो।

आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन्। यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ मा देवेन्द्र बस्नेत, निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा गंगा याक्खा, ‘ख’ मा जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ मा अचानु खाँ गन्गाई, ‘ख’ मा जितु साह सर्वसम्मत निर्वाचित भएका छन्। मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ मा दिपक भगत र ‘ख’ मा मधुबाबु तिवारी विजयी भएका छन्।

मोरङको मत परिणामअनुसार मोरङमा प्रदेशसभा क्षेत्र निर्वाचनमा कोइराला समूह दह्रो देखिएको छ। संस्थापन समूहबाट २ जना प्रदेशसभा क्षेत्रीय अध्यक्ष मात्रै निर्वाचित भएका छन् भने अन्य सबै कोइराला समूहबाट निर्वाचित भएका छन्।   प्रदेशसभा क्षेत्रीय निर्वाचनमा हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन भएका छन्।

जिल्लाबाट जम्मा १ सय ९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउनेछन्।  मोरङ कांग्रेसका अनुसार जिल्लामा  ३ हजार ५ सय ५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए। मोरङ नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाको गृह जिल्ला हो।

प्रकाशित: ५ मंसिर २०७८ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App