६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस महाअधिवेशनः मोरङको १२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा सर्वसम्मत, ८ वटामा मतदान

नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय निर्वाचनमा मोरङका १२ निर्वाचन क्षेत्रमध्ये ४ वटामा सभापतिसहित सबै पदाधिकारी र प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्।

मोरङको क्षेत्रनम्बर ५ का दुबै क्षेत्र, क्षेत्र नम्बर १ को ख र क्षेत्रनम्बर २ को क मा पदाधिकारीसहित प्रदेश प्रतिनिधि सर्वसम्मत निर्वाचित  भएका हुन्।

मोरङको क्षेत्र नम्बर ५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को सभापतिमा जितु साह , प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) मा अचानु खाँ, क्षेत्रनम्बर १ को (ख) मा राजकुमार लामा ,  निर्वाचन क्षेत्रनम्बर २ को (क)मा  कनैयालाल राजवंशी सभापतिमा सर्वम्मत निर्वाचित भएका छन्। अन्य ८ वटा प्रदेश निर्वाचन क्षेत्रमा पदाधिकारी र प्रतिनिधिहरूको निर्वाचन सम्पन्न भएर मतगणना सुरू गरिएको नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए।

आजै साँझ सम्ममा  सबै क्षेत्रको मत परिणाम आउने लिम्बुले बताए। कांग्रेसको प्रदेशसभा क्षेत्रीय निर्वाचनमा हरेक निर्वाचन क्षेत्रबाट ७ जना पदाधिकारी र १६ जना प्रदेशसभा प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। प्रदेशसभा क्षेत्रीय निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूले प्रदेशका पदाधिकारी निर्वाचित गर्नेछन्।  

प्रकाशित: ४ मंसिर २०७८ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App