६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

बन्जाराको नेतृत्वमा वैकल्पिक युवा सङ्गठन घोषणा

वैकल्पिक राजनीतिमा आस्था राख्ने युवाहरूको समूहले वैकल्पिक युवा सङ्गठन नामक नयाँ युवा राजनीतिक सङ्गठन घोषणा गरेका छन्। सङ्गठनको केन्द्रीय संयोजकमा शिशिर बन्जारा, महासचिवमा अशोक खड्का रहेका छन्। ५१ सदस्यीय केन्द्रीय समितिमा पहिलेदेखि नै वैकल्पिक राजनीतिमा सक्रिय केहि र केहि नयाँ युवाहरू उपस्थित रहेका छन्। उक्त केन्द्रीय समितिमा महत्त्वका साथ समावेशितालाई अङ्गीकार गरिएको छ।

वैकल्पिक राजनीतिको वास्तविक धरातल, भाष्य र दर्शन भन्दा फरक पश्चगामी, संविधान विरोधी, व्यवस्था विरोधी, युवा विरोधी, परिवर्तन विरोधी मार्गमा वैकल्पिक राजनीतिलाई विसर्जन गर्न खोजिएको भन्दै युवाहरूले प्रतिरोध गर्दै सङ्गठित हुन परेको सङ्गठनका महासचिव अशोक खड्काले बताएका छन्।

विगत एक दशकमा वैकल्पिक राजनीतिले प्राप्त गरेको उपलब्धिलाई व्यवस्था विरोधी बहसले गिजोलेको भन्दै आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले वैकल्पिक राजनीतिलाई अघि बढाउन स्वतन्त्र वैकल्पिक सङ्गठन घोषणा गरेको नवगठित युवा सङ्गठनका संयोजक शिशिर बन्जाराले बताए।

उनले थपे, ‘हालको वैकल्पिक राजनीतिको बहसले युवाका सपनाहरू सम्बोधन गर्न सकेन, त्यसको परिणाम स्वरूप युवाहरूले आफ्नो बाटो आफै खन्ने तय गरेका हुन्। छिट्टै काठमाडौँमा भव्य कार्यक्रम मार्फत सङ्गठनका थप रणनीति र कार्य योजना सार्वजनिक गर्नेछौँ।’

प्रकाशित: १ मंसिर २०७८ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App