राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालत अघि नभई पार्टी कार्यालय अघि प्रदर्शन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतमा भइरहेको गतिरोधबारे आफ्नो धारणा राख्दै उनले भनेका छन्, ‘ प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो।महाभियोग लगाउने दलले हो।अधिकांश वकिलहरु दलसँग आबद्ध छन्।बारको चुनाव दलगत आधारमा हुन्छ।त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ।’
प्रकाशित: १ मंसिर २०७८ ०९:३५ बुधबार