११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएका छन्।

मेडिसिटी अस्पतालबाट उनी घर फर्केका हुन्। देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए।

अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन्। अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतको कार्यक्रमपछि अस्वस्थ भएका थिए।

प्रकाशित: २८ कार्तिक २०७८ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App