८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री देउवालाई राजाविरुद्ध आक्रोस नपोख्न राप्रपा अध्यक्ष थापाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजाविरुद्ध आक्रोश नपोख्न अनुरोध गरेका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत् अध्यक्ष थापाले सो आग्रह गरेका हुन्।  

उनले भनेका छन्, ‘प्रम देउवालाई आग्रह– राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस्। न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४०लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।

प्रकाशित: २४ कार्तिक २०७८ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App