coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन्। आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले पाण्डेले विश्वासको मत मागेका हुन्।

उनले प्रदेशसभामा रहेका सबै दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता पाण्डेले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित: २२ कार्तिक २०७८ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App