१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

केपी ओली गफाडी नम्बर एक हुन्: माधव नेपाल

फाइल तस्बिर

नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली गफाडी नम्बर एक रहेको संज्ञा दिएका छन्। पानी जहाज चल्यो, घरघरमा ग्यासको पाइपलाइन जोडियो, हावाबाट बिजुली निकालियो र रेल कुद्याे कि? यस्तै हावा दारी गफ दिएर समृद्ध नेपाल र सुखी नेपाली कदापी बन्न नसक्ने अध्यक्ष नेपालले केपी ओलि जस्ता गफाडीको पछाडी नलाग्न आग्रह गरेका छन्।

नेकपा एकिकृत समाजवादी रौतहटद्वारा चन्द्रनिगाहपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उठेको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले उक्त कुरा बताउँदै देश बनाउने कुनै भिजन नभएको, कुनै प्लानिंग नभएको, मुलुकको जनताको हित हुने गरी विकासको खाकाहरु कसरी कोर्ने जसले आउदो १ सय वर्षसम्मलाई पुग्ने जस्ता ज्ञान समेत नभएको मात्रै उखान टुक्का एवं गफाडी कुरा गर्दै जनतामा संघिय लोकतान्त्रिक गणतन्त्र माथि विरक्त बनाउने कार्य बाहेक ओलीले अरु केही नगरेको आरोप लगाए।

पटक पटक गफाडी व्यक्ति ओली रहेको दोहोराउँदै अध्यक्ष नेपालले हत्यारा, बलात्कारी, भ्रष्टाचारी, लगायत प्रतिगमनकारी शक्तिहरुको जमातको रुपमा रहेको ओलीको कारण मुलुकको अवस्था धेरै खराब भएको आरोप लगाए। गफाडीको कारण देशको स्थिती भताभुंग भएको अवस्थामा सत्ता सम्हालेका वर्तमान पाँच दलिय गठबन्धनको सरकार सामु धेरै कुरा सुधार गरेर अघि बढ्नु पर्ने चुनौती आएकोले ओली जस्तो हावातालमा नभई देश र जनताको हितमा समर्पित भएर गठबन्धनको सरकार अगाडी बढिरहेको बताए।

प्रधान न्यायाधिशको राजिनामाको विषयलाई लिएर उत्पन्न गतिरोधलाई अन्त्य गर्न पाँच दलिय गठबन्धनको सरकारले चाँडै ठोस निर्णय लिने र समस्याको समाधान गर्ने प्रतिक्रिया दिए। संबैधानिक निकाय जस्तो न्यायायिक संस्थामा प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजिनामाको विषयमा किन पाँच दलिय गठबन्धनको सरकार चुप लागेर बसेको प्रश्नको जवाफमा अध्यक्ष नेपालले प्रधानमन्त्री नेपाल बाहिर रहेको कारण कुनै निर्णय हुन नसकेको उनी आउने वित्तिकै सत्तारुद्ध गठबन्धनको बैठक बसेर समस्या सामाधान हुने बताए। 

प्रकाशित: १६ कार्तिक २०७८ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App