११ माघ २०७८ मंगलबार
राजनीति

ओलीले गरेको टिप्पणीप्रति संकेत गर्दै दाहालले भनेः प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस्

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू चितवनबाट कतै नभाग्ने बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।

उनले भने, “प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस्।” एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उनको भनाइ थियो। उनले भने, “मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब। म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि।”

सोही क्रममा माओवादी सरकारमा हुँदा वा नहुँदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको उनले दाबी गरे।

माओवादी केन्द्रका महानगर इञ्चार्ज रेनु दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए।

प्रकाशित: १२ कार्तिक २०७८ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App