१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्छः गिरिराजमणि पोखरेल

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पोखरेलले संसदलाई सुचारु रुपमा चलाउन सभामुख र जनप्रतिनिधिको पहलको आवश्यक रहेको बताएका हुन्। उनले कोरोना, लिपुलेक र लिम्पियाधुराको समस्या, निर्वाचन र चाडबाडको बीचमा रहेकोले संसद सुचारु गर्न सबैको सहजता आवश्यक रहेको बताए।

संसद पोखरेलले भने, ‘कोरोना, निर्वाचन, चाडबाडको बेला छ, लिपुलेक, लिम्पियाधुरधाको समस्या त्यत्तिकै छ, एमालेले लगातार संसद अवरोध गरिरहेको छ, यसरी कसरी निकास मिल्छ? जनताका समस्या जहाँको त्यहीँ छन्।’

सांसद पोखरेलले संसद सरकार र प्रतिपक्षको पनि थलो भएकोले सबैले मिलेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित: ११ कार्तिक २०७८ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App