१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यस्ताे छ आजकाे मन्त्रिपरिषद् बैठककाे निर्णय

सरकारले बेमौसमी वर्षाबाट धानबालिमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको हो। त्यसको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा प्रा.श्रीधर खत्रीलाई नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता कार्कीले बताए।

त्यस्तै, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृती दिने, नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने, सुनकोशी मरीन डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिने लगायतको निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित: ११ कार्तिक २०७८ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App