coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले पोखरा महानगर कमिटीः अध्यक्षमा न्यौपाने, सचिवमा आचार्य

एमाले पोखरा महानगर कमिटी अध्यक्षमा निर्वाचित दीलिप न्यौपाने (बायाँ) र सचिवमा निर्वाचित जीवन आचार्य।

नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीलिप न्यौपाने चयन भएका छन। एमाले महानगर कमिटीको अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। न्यौपाने महानगर कमिटीका पूर्व सचिव हुन्। अध्यक्षमा उम्मेद्वारी दिएका अन्य उमेद्वारले मनोनयन फिर्ता लिएपछि न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ।

यसअघि नेकपा एमाले पोखरा महानगर कमिटीमा न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरी त्रिपाठीले अध्यक्षमा उम्मेद्वारी दिएका थिए। महानगर कमिटीको अध्यक्षमा उम्मेद्वारी दिएका पौडेल वर्तमान महानगर कमिटीका अध्यक्ष हुन् भने नेपाली पोखरा–५ का वडाध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता हुन्।

महानगर कमिटीको सचिवमा जीवनप्रसाद आचार्य चयन भएका छन्। अर्का प्रतिष्पर्धी गोकर्ण कार्कीले उम्मेद्वारी फिर्ता लिएपछि आचार्य सचिवमा निर्विरोध चयन भएका हुन्। आचार्य पोखरा–१६ का वडाध्यक्ष हुन्।

प्रकाशित: ११ कार्तिक २०७८ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App