१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना गरियोः नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गरेका छन्।

कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन्। आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त धारणा व्यक्त गरेका हुन्।

सोही क्रममा उनले चुनाव नजिकै आइसकेकाले आफ्ना कार्यकर्तालाई तयारीमा बस्नुपर्ने बताए। स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीको गठन भएकाले सबैको साथ हुँदा पार्टीपङ्क्ति बलियो हुने धारणा राखे। राज्यको आधारभूत दायित्व गाँस, बाँस, कपास, स्वास्थ्य र सुरक्षा रहेकाले त्यसको ग्यारण्टी गरिनुपर्ने उनले बताए।

पाँच दलको गठबन्धन चुनावसम्म कायम रहने दृढता व्यक्त गर्दै उनले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ११ कार्तिक २०७८ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App