१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौँ फर्के लगत्तै सरकारले दूरगामी योजनाका बारेमा निर्णय गर्नेछ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको समस्या समाधानका लागि दूरगामी योजना ल्याईने बताएका छन्। आज कैलालीको पूर्वी क्षेत्रमा बाढीले पारेको असरका बारेमा निरीक्षण गर्न पुगेका देउवाले सरकार बाढी पीडितको समस्या समाधानका निमित्त चिन्तित रहेको बताए।  

हेलिकोप्टर मार्फत बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका ८ को सत्ती पुगेका देउवाले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले बाढी पीडितका लागि राहतको घोषणा गरिसकेको जानकारी दिए। उनले काठमाडौँ फर्के लगत्तै सरकारले दूरगामी योजनाका बारेमा निर्णय गर्ने बताए।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको प्रति दुःख लागेको बताउँदै सरकार आगामी दिन जनताले यस्ता खालका समस्या भोग्न नपरोस् भन्नेमा चिन्तित रहेको बताए। उनले आजै जानकी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गरेका छन्। उनले त्यहाँ समेत बाढी नियन्त्रणका लागि प्रभावकारी काम गर्न सरकार प्रतिवद्ध रहेको बताए। 

प्रधानमन्त्री देउवा बाढी पहिरोले क्षति पुर्याएका सुदूरपश्चिमका विभिन्न जिल्लाको अवलोकन भ्रमणमा रहेका छन्। उनीसँगै नेपाल सरकारका अर्थमन्त्री जनादर्न शर्मा, पर्यटन मन्त्री प्रेमबहादुर आले लगायत सहभागी छन्।  

प्रधानमन्त्री देउवालाई टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल लगायत काँग्रेस र नेकपा एमाओवादीका नेताहरुले ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले ज्ञापन पत्रमा बाढीको दीर्घकालिन समस्या समाधानका लागि पहल गरिदिन माग गरेका छन्।  

उनीहरुले बाढीका कारण कैयौं मानिसहरुले घरबार र अन्नबाली गुमाउनु परेको भन्दै राहतको प्याकेज ल्याउन समेत माग गरेका छन्।

प्रकाशित: ५ कार्तिक २०७८ ०९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App