२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पीडित ६ जिल्लाको भ्रमण

बाढी पीडितलाई तुरुन्तै राहत दिने आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन्। डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।

प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकाय र पीडित स्थानीयले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए। बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्री देउवाले बाढी पीडितलाई तुरून्तै राहत दिने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारबाट बिहीबार बिहान हेलिकोप्टरमा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा निस्केका प्रधानमन्त्री देउवा सुरुमा कर्णाली प्रदेशको सुर्खेतमा पुगेका थिए। सुर्खेतपछि प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रदेशको दिपायलमा पुगेका थिए। दिपायलमा प्रमुख जिल्ला अधिकारीले जिल्लाभरी बाढी पहिरोले पुर्‍याएको क्षतिबारे ब्रिफ्रिङ गरेको प्रधानमन्त्री भ्रमण टोलीमा रहेका नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बताएका छन्।

डोटीबाट बझाङको थलहरा गाविस ४ डिक्लाको स्थलगत अध्ययन गर्न प्रधानमन्त्री देउवा गए। दुई परिवारका २३ जना पहिरोमा परेको थलहरामा अकाशबाटै घटनास्थलको अवलोकन गरेर प्रधानमन्त्री देउवा सदरमुकाम चैनपुर पुगेका थिए। डिक्लामा पीडित र स्थानीय प्रधानमन्त्री आउने खबर पाएर जम्मा भएर बसेका थिए। आकाशमै हेलिकोप्टर फन्को लगाएर सदरमुकाम गएको थियो। ‘थलहरामा हेलिकोप्टर ल्याण्ड गर्न नसकेपछि आकाशबाटै अवलोकन गरेर सदरमुकाम चैनपुरमा पुग्यौं’, मन्त्री आलेले भने, ‘बझाङका प्रमुख जिल्ला अधिकारीले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे बिफ्रिङ गर्नुभयो।’

बझाङबाट बैतडी जिल्लाको ढुंगाडमा पुगेर बाढी पहिरोको क्षतिको अवलोकन गरे। पीडितले प्रधानमन्त्री समक्ष आफ्ना पीडा सुनाएका थिए। बैतडीबाट प्रधानमन्त्री गृहजिल्ला डडेल्धुरामा पुगेका थिए। डडेल्धुराको नेपाली सेनाको द व्यारेकमा पुगेका थिए। त्याहाँबाट उनी जोगबुढा क्षेत्रमा गएका थिए। प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीयले प्रधानमन्त्री समक्ष बाढी पहिरोले पुर्‍याएको क्षतिको जानकारी गराएका थिए। जोगबुढाबाट कंचनपुरको बाढी प्रभावित दोधारा चादनीको भ्रमण गरेर प्रधामन्त्री देउवा बिहीबार साँझ धनगढी पुगेका छन्। शुक्रबार कैलालीको भ्रमण गरेर प्रधानमन्त्री काठमाडौ फर्कने मन्त्री आलेले बताएका छन्।

‘प्रधानमन्त्रीले सबै जिल्लामा पुगेर बाढी पहिरोले पुर्‍याएको मानवीय क्षति, अन्य भौतिक पूर्वाधारमा पुर्‍याएको क्षति बुझ्नु भएको छ’, मन्त्री आलेले भने, ‘पीडितलाई तुरून्तै राहतको व्यवस्था सरकारले गर्ने छ।’ प्रधामन्त्री देउवाले बाढी पीडितलाई तुरून्तै राहत दिने, घाइतेको निःशुल्क उपचार गर्ने, बाढी पहिरोबाट ज्यान गुमाएकालाई २ लाख दिने बाढी पीडित प्रभावित क्षेत्रका बासिन्दा समक्ष व्यक्त गरेका थिए। पहिरोले भत्केका राजमार्ग, खानेपानी, विद्युत सेवा सुचारु पनि तत्काल सरकारले गर्ने आलेले बताए। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा र मन्त्री आले सहभागी रहेका थिए।

सुदूरपश्चिममा आइतबारदेखि मंगलबार रातीसम्म आएको वर्षाले ३१ जनाको ज्यान गएको छ। बाढी पहिरोले डोटीमा १६ जना, बझाङमा ८ जना, बैतडीमा ४ जना र डडेल्धुरामा २ र कैलालीमा १ जनाको  मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले बताएका छन्। १७ जना घाइते भएका छन्। भने २३ जना अझै बेपत्ता भएका छन्। सयौ चौपाया मरेका छन्। हजारौ परिवार विस्थापित भएका थिए। दर्जनौ घर भत्केका छन्।

यसैगरि बझाङ थलहरा गाउँपालिका ४ डिक्ला सितलमा पहिरोले घर बगाउँदा दुई परिवारका २३ जना पहिरोमा परेका थिए। आयुस र विकासको शव मात्र मिलेको छ।

प्रकाशित: ४ कार्तिक २०७८ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App