४ वैशाख २०८१ मंगलबार
राजनीति

मन्त्री र पूर्व मन्त्रीको बाढीग्रस्त क्षेत्र अनुगमन : ‘हात्ती आयो, हात्ती आयो फुस्सा’

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलक शर्माले गेरुवा र राजापुरका बाढीबाट क्षति ग्रस्त क्षेत्र गाडीका सुरक्षा प्रमुख सहित लावालस्कर लिएर गेरुवा गाउँपालिकाको अन्तिम बिन्दु ईन्टेकसम्म बिहीबार विहान टार्गेट गरेर पुगे। कर्णाली नदीले घेरिएको राजापुर र गेरुवाका (भवराटप्पा) बाढी ग्रस्त क्षेत्र स्थलगत अनुगमन निस्केका शर्मा बाढीबाट कटान भएको क्षेत्रको अनुगमन गरे।

उनीसँगै जिल्ला समन्वय समितिका सभापति शंकर थारु र माओवादीका नेता लक्ष्मीप्रसाद शर्मा लगायत नेता सहभागी थिए। कात्तिक २ गते आएको बाढीले क्षति ग्रस्त ठाउँ त घुमे पनि बाढी पिडितलाई घाउँ मल्हम लगाउन सक्ने योजनाविनै दौडधुप गरेको जस्तो देखियो।

बुधबार पूर्वमन्त्री शन्तकुमार थारु र बिहीबार कानुन मन्त्री शर्माको भ्रमणलाई यसरी नै स्थानीयले चर्चा गरेका छन्। बुधवार पूर्वमन्त्री शन्तकुमार थारुले बाढीग्रस्त क्षेत्र अनुगमन गरेका थिए। कार्यकर्ताले हतार हतारमा कटान क्षेत्र र बाढीपीडित समक्ष मन्त्री शर्मा, पूर्व मन्त्रीलाई साक्षात्कार गराए पनि बाढीपीडित परिवारलाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भन्ने उक्तिसँग मन्त्री अनुगमनलाई बाढीपिडित परिवारले चरितार्थ गरे।

मन्त्रीको अनुहार होइन, हामीलाई भोक मेटाउने भगवान चाहिएको बाढी पिडितले गुनासो गरे । ‘भोको पेट कति बाँच्ने हो भन्ने हामीलाई चिन्ता छ’ एक बाढीपिडितले भने, ‘भोक मेटाइदिन हामीलाई भगवान चाहिएको छ।’

गेरुवा गाउँपालिका बाढीबाट क्षतिग्रस्त भएको राजीपुर र जनकनगर गाउँमा विस्थापित परिवारको संख्या अधिक छ। राजापुरमा दौलपुर, चख्खापुर, नगांपुर र चनौरामा अधिक क्षति भएको छ। दुई गाउँमा मात्र सय भन्दाबढी सोनाहा र अन्य जातिको घरमा पूर्ण रुपमा क्षति पुगेको छ। जनक नगरमा ५२ घर पूर्ण रुपमा क्षति पुगेको छ भने अधिकांश घर बाढीबाट अछुतो छैन।

सोनाहाका परिवार कर्णाली नदीको ड्याममाथि आश्रय लिएर बसेका छन्। दिउँसो घामले पोल्छ , रातीमा जंगली जनावरले पिरोल्छ’ राजु सोनाहाले भने।  

त्रिपाल मूनि परिवारसहित बसेका उनीहरु दिन वा रात जतिखेर पनि जाग्राम बस्नपर्ने अवस्थामा छन्। बाढीपीडित परिवारको आँखा अझै ओभाएका छैनन्। अनुहार चिन्ताको बादलले डम्म ढाकेको छ। कोही नयाँ मानिस आए लुरुलुरु नजिकिन्छन्। केही दिए खाएर भोक मेट्छन्। भगवानभन्दा पनि भोक मेटाउन मानिस खोजिरहेको एक सोनाहाले पबि बनले बताइन्। ‘घर पर हो’, उनले भनिन, ‘घर छाडेको तीनदिन भयो।’ अधिकांश सोनाहा परिवारलाई जंगली जनावरले आक्रमण गर्ने जोखिम बढेको छ। त्रिपालको अभावमा दुई दिनदेखि तीन परिवार  बसिरहेका उनीहरुको पीडा खपिनसक्नु भएको स्थानीय बताउँछन्।

गेरुवा र राजापुरका कर्णाली नदीका कारण १ हजार पाँच सय घरविहिन छ। स्थानीय पालिका र सहयोगी हातले खाद्यान्न उपलब्ध गराए पनि पर्याप्त हुन नसक्दा भोको पेट बस्नु पर्ने बाध्यतामा बाढीपीडित छन्।

मन्त्री शर्माको सेडुयल परिवर्तन भएर खाली हात बाढीपीडित समक्ष पुगेको मन्त्रीका निकट एक माओवादी नेताले बताए। ‘प्रदेश सरकारले उपलब्ध गराएको टेन्ट लिएर मन्त्री आउनु भएको हो’ उनले भने, ‘कर्णाली नदीको कटान क्षेत्रको अनुगमन गरेर तटबन्धनका लागि मन्त्रीज्यूले पहल गर्नु हुन्छ।’

प्रकाशित: ४ कार्तिक २०७८ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App