१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री स्कटल्यान्ड जाने

शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ। पाँचौं पटक प्रधानमन्त्री भएका देउवा छिमेकी मुलुक भारतको भ्रमण गर्ने विगतको परम्परालाई तोड्दै स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुने भएका हुन्।  

मन्त्रिपरिषद् बैठकले देउवाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म कोप २६ समिट आयोजना हुने सम्मलेनमा सहभागी हुने निर्णय गरेको हो।  

समिटमा अमेरिकाका राष्ट्रपति जोय बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत नेताहरू सहभागी हुँदै छन्। विश्वव्यापी जलवायु संकटलाई सम्बोधन गर्ने कोप २६ को लक्ष्य रहेको सम्मेलनमा झन्डै २५ हजार जनाको सहभागिता रहने बताइएको छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App