१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अध्यक्ष दाहाल महासचिव वैद्यलाई भेट्न नर्भिक पुगे

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्य अवस्थवस्थाबारे जानकारी लिएका हुन।

स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना भएका थिए।

सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए। दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ।

प्रकाशित: १ कार्तिक २०७८ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App