१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दसैँ एकता र भ्रातृत्व विकासको अवसरः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बडादसैँ सामाजिक एकता र भ्रातृत्व विस्तारको अवसरका रुपमा रहेको बताएका छन्।

विजयादशमीका अवसरमा शुभकामना वक्तव्य दिँदै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा दसैँलगायतक चाडपर्वले सामाजिक सद्भाव, एकता र भ्रातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ भने।

परम्परागत प्रचलनका नाममा चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार पारिवारिक मिलन, शुभकामना आदानप्रदान र सामाजिक एकता एवं भ्रातृत्व विकासको अवसरका रुपमा मनाउन आग्रह गरिएको मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ।

प्रकाशित: २९ आश्विन २०७८ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App