जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ। जसपाले आज बिहान चार जनाको नाम टुंगो लगाएको हो।
मन्त्रीहरुमा राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद साह र रामसहाय यादवलाई सरकारमा पठाउने निर्णय भएको स्रोतले बतायो।
जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ।
जसपाको कार्यकारिणी समितिले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो।
प्रकाशित: २२ आश्विन २०७८ ०७:४८ शुक्रबार