१५ चैत्र २०८० बिहीबार
राजनीति

वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपाः नेता राई

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले समाजवाद प्राप्तिका लागि आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेको बताएका छन्।

जनता समाजवादी पार्टीले बिहीबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा राईले पछिल्लो समय अधिकांश दलले समाजवादलाई अवलम्बन गरिरहेका उल्लेख गर्दै जसपा वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने बताएका हुन्।

‘समाजवाद प्राप्तिका लागि वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने चेष्टा गरिरहेका छौँ। तर, यो हाम्रो चाहनाले मात्र पूरा हुने कुरा होइन। अन्य पार्टीको चाहना र आवश्यकता के हो रु कस्तो नीति र व्यवहार अवलम्बन गर्छन्, त्यही हिसाबले हामी अघि बढ्नुपर्ने हुन्छ’, राईले भने, ‘संभवतः राष्ट्रव्यापी रूपमा ध्रुवीकरण सुरु भएको छ। केही पुराना पार्टीले आफूलाई एक्लै अघि बढाउन कोसिस गर्लान् वा उनीहरूको पक्षमा गएर गठबन्धन गर्न अरू पार्टी तयार नहोलान्। त्यस्तो बेलामा अहिले रहेको वाम लोकतान्त्रिक गठबन्धन नै अघि बढ्ने देखिन्छ।’  

उनले वाम लोकतान्त्रिक ध्रुवीकरणका लागि अनौपचारिक रूपमा वार्ता, संवाद र छलफल अघि बढिरहेको जानकारी पनि दिए। 

प्रकाशित: १४ आश्विन २०७८ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App