८ वैशाख २०८१ शनिबार
राजनीति

‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। 

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए। एमसिसी नेपालका लागि मात्र नभएरसबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता भएको उनको भनाइ थियो।

खड्काले एउटा देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले एमसिसी सम्झौता गरेका अन्य मुलुकमा पनि यसको असरपर्ने बताए। ‘नैतिक समस्या के छ भने हामीले यसमा सहीछाप गरिसकेका छौं। सम्झौता गर्नुभन्दा पहिले किन नहेरेको त’, उनले प्रश्न गरे। 

मन्त्री खड्काले एमसिसी नेपाल सरकारकै आग्रहमा आएको अनुदान सहयोग भएको बताए। उनले एमसिसीमा सबै दलको सहयोग रराष्ट्रिय सहमति भएमा मात्र अघि बढाउने बताए। ‘यसमा धेरै सैद्धान्तिक विषय छन्। यसलाई सामाजिक सञ्जालहरूले तल्लो तहसम्म लगेरविवादित बनाउने काम गरे। भारतलाई किन सोध्ने भन्ने कुरा पनि छ। भारतले किन्छ कि किन्दैन भन्ने कुरा त सोध्नु पर्‍यो नि’, उनले भने।

एमसिसीका बारेमा तल्लो तहमा गलत भाष्य सिर्जना गरिएको बताउँदै उनले आफू गाउँमा जाँदा जनताले यो सम्झौता कार्यान्वयन गर्नुहुँदैन भन्ने गरेको सुनाए।  

‘एमसिसीका कारण कुटाइ खाइएला भन्ने डरभयो। माइतीघरमण्डलमा एमसिसी पास गर्नेलाई काट्छौं भनेरनारा लाग्न थाल्यो,’ उनले भने। डा. बाबुराम भट्टराईको पालादेखि सुरु भएरशेरबहादुरदेउवा नेतृत्वको माओवादीसहितको सरकारले एमसिसी सम्झौता गरेको बताउँदै उनले थपे, ‘२०११ देखि २०२१ सम्म आइपुग्दा सबै प्रधानमन्त्री सहभागी भएका छन्’, उनले भने, ‘यो विषयमा सबैलाई थाहा छ।

यो सम्झौता गर्दा कांग्रेस एक्लै थिएन। माओवादीसँगको सहकार्यमा सरकारबनेको थियो। सम्झौताको प्रक्रिया अघि बढ्दा मन्त्रिपरिषद्मा पुगेपछि मात्र अर्थमन्त्रीले हस्ताक्षरगर्नुभएको हो। मन्त्रिपरिषद्मा माओवादीका साथीहरू पनि हुनुहुन्थ्यो। रोक्ने भए त्यहीं रोक्नुपथ्र्याे।’

निवर्तमान प्रधानमन्त्री केपी ओलीले पनि एमसिसीलाई बजेटमा राखेको रएमसिसी पास हुन्छ भने पनि सरकारबाट बाहिरआएपछि संशोधन हुनुपर्छ भनेकोमा उनले आश्चर्य व्यक्त गरे। ‘हामी कहाँ उभिएका छौं ? राष्ट्रिय नेता भइसकेको मान्छे, हामी के बोल्छौँ र त्यसप्रति हामी कति जवाफदेही छौं’, उनले भने।

परराष्ट्रमन्त्री खड्काले महासभाको साइडलाइन बैठकअन्तर्गत आइतबारभारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन्। भेटमा दुई विदेशमन्त्रीबीच दुई पक्षीय आपसी हितका बारेमा कुराकानी भएको थियो। भेटमा मन्त्री खड्काले भारत सरकारले आर्थिक सामाजिक क्षेत्रमा निरन्तरगरिरहेको सहयोगका लागि आभारव्यक्त गरेका थिए।

दुई समकक्षीबीच कोरोना भाइरसले सिर्जना गरेको चुनौती, दुई देशका नागरिकको जीवन रजीवनशैलीमा यसले पारेको असरबारे छलफल भएको थियो। उनीहरूबीच कोरोना भाइरसविरुद्धको लडाइँमा संयुक्त रूपमा काम गर्ने सहमतिसमेत भएको छ। मन्त्री खड्काले सोमबारसंयुक्त राष्ट्रसंघको ७६ औँ महासभालाई सम्बोधन गरेका छन्।

प्रकाशित: १२ आश्विन २०७८ ००:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App